काठमाडौँ । जेन जेड आन्दोलन भएको मानवीय तथा भौतिक क्षतिसम्बन्धी छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर छलफल गरेको छ।
आयोगले आगामी साता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाउने तयारी गरेको छ।
त्यसअघि आयोगले प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको हो।
छलफलमा आयोगको म्याद, थपिएको कार्यादेश, हालसम्मको प्रगति र समस्याबारे छलफल भएको एक अधिकारीले बताएका छन्। आयोगको पदावधि ९ पुससम्म छ। सो अवधिमा काम नसकिने भएकाले आयोगले म्याद थपको आवश्यकता औँल्याएको छ।







