काठमाडौँ । रक्षा बम नेतृत्वको जेन जेड फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।
फ्रन्टका कार्यलाई सुदृढ, सार्थक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका अग्रजहरू समेटेर परिषद् गठन गरिएको जारी विज्ञप्तिमा जनाइएको छ ।
परिषदमा डा. रामजी राम, साधना राई, डा. मिना पौडेल, रमेश पौड्याल, प्रमेश श्रेष्ठ, आशुतोष तिवारी, मिलन पाण्डे, दिव्येश गिरी, सस्मित पोखरेल, सरोज गौतम, प्रगति राई, नवीन प्राचीन र अनन्त अर्याल छन् ।







