काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदको विज्ञापन खुलाएको छ ।
प्रदेश आयोगले बुधवार एक सूचना जारी गर्दै सहायक चौथो प्राविधिक तथा अप्राविधिक सेवा, समूह, उपसमूहका पदको आ. प्र., खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति लागि चौथो तहको विज्ञापन खुलाएको हो ।
योग्यता पुगेका उम्मेदवारले आजदेखि माघ ०७ गतेसम्म दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।










