२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन पक्षका पूर्वसांसदले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर

अ+ अ-

काठमाडौँ। विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित पुरक रिटमा महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन् ।

विघटित संसद् पुर्नबहालीको मागका लागि बहुमत सदस्य पुर्‍याउनका लागि काँग्रेसमा हस्ताक्षर संकलन गरिएको थियो । काँग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेले ६५ बढी पूर्व सांसदको हस्ताक्षर गर्ने दाबी गरेका थिए । बहुमतका लागि १३८ सांसद आवश्यक पर्दछ ।

सभापति शेरबहादुर देउवा पक्षका सबैजसो पूर्वसांसदले हस्ताक्षर गरेका छन् । तर, देउवा र उनकी पत्नी आरजु राणाले भने संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छैनन् ।

महामन्त्री गगन पक्षका पूर्वसांसदहरुले हस्ताक्षर गरेका छैनन् । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा, पूर्वसांसदहरू अर्जुननरसिंह केसी, प्रदीप पौडेल, लिला बोखिम (लिम्बू), प्रतिमा गौतम, सपना राजभण्डारी, मुक्ताकुमारी यादव, सीता मिजारलगायतले हस्ताक्षर गरेका छैनन् ।

प्रतिनिधि सभा पुनर्स्थापनाको विपक्षमा रहेका नेता अर्जुननरसिंह केसीले संसद् ब्युँतिनु समस्याको समाधान नभएको बताए ।

कार्यवाहक सभापति पूर्णबहादुुर खड्का र उपसभापति धनराज गुरुङले पनि हस्ताक्षर गरेका छैनन् । संस्थापनइतरका नेता डा. शेखर कोइरालाले पनि पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेनन् । उनी पक्षीय पूर्वसांसदहरू अधिकांशले भने हस्ताक्षर गरेका छन् ।

कोइराला पक्षका पूर्वसांसद हृदयराम थानीले संसद् पुनर्स्थापनाको मागमा आफू सहमत नभएको बताए । संस्थापनइतरकै पूर्वसांसद सुरेन्द्रराज आचार्य पनि हस्ताक्षर गरेका छैनन् ।