२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्ञानेन्द्र शाही ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस

अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरिएका छन् ।

राप्रपाका सम्बन्धित क्षेत्रीय कमिटीहरूले उनलाई सिफारिस सुचीमा समावेश गरेका हुन् ।

जुम्ला जिल्लाबाट प्रत्यक्षतर्फ शाहीको नाम एकल सिफारिस भएको छ । शाहीले यसअघि पनि जुम्लाबाट अत्यधिक मतले जितेका थिए । जुम्लाका कार्यवाहक अध्यक्ष देवीकृष्ण न्यौपानेले राप्रपाको सचिवालयलाई पत्राचार गर्दै उम्मेदवार सिफारिस गरेका छन् । उनले समानुपातिकतर्फ १४ जनाको नाम पठाएका छन् ।

ललितपुर १ को क्षेत्रीय कार्यसमितिले शाहीलाई प्रत्यक्षतर्फ पहिलो नम्बरमा राखेर सिफारिस केन्द्रमा पठाएको छ । शाहीबाहेक परशुराम सिलवाल र रविन घिमिरेलाई सिफारिस गरिएको छ । ललितपुर १ का राप्रपा अध्यक्ष विक्रम लामाले गरेको सिफारिसको बोधार्थ जिल्ला कार्यसमितिलाई पनि दिइएको थियो ।

भक्तपुरबाट पनि शाहीको सिफारिस भएको जनाइएको छ । भक्तपुरका राप्रपा अध्यक्ष अर्जुन कार्कीले क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ शाहीलाई सिफारिस गरिएको जानकारी प्रेषित गरेका छन् ।

सुर्खेत २ बाट पनि शाही पहिलो नम्बरमा सिफारिस भएका छन् । क्षेत्रीय अध्यक्ष कर्णबहादुर रेगामी मगरले जिल्ला कार्यसमिति सुर्खेतलाई पठाएको सिफारिसमा प्रत्यक्षतर्फ शाहीसहित ४ जनाको नाम छ ।

रुपन्देही २ बाट गरिएको सिफारिसमा समेत शाही अटाएका छन् । क्षेत्रीय समितिका अध्यक्ष रामबहादुर थापाले जिल्ला कार्यसमितिलाई पठाएको पत्रमा प्रत्यक्षतर्फ सातौँ नम्बरमा शाहीको नाम समावेश छ ।

कञ्चनपुर २ बाट पनि आफूलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको शाहीले जानकारी दिएका छन् ।