२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णय

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले विभिन्न निर्णयहरू गरेको छ ।

बुधबार दिउँसो बसेको बैठकले समानुपातिकतर्फ उम्मेदवार हुन आवेदन दिएका उम्मेदवारका आकांक्षीहरूको सहभागी हुन नसकेका र नपाएका आवेदक सहभागीहरूलाई छलफल प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ ।

त्यस्तै, प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया समेत गर्ने सम्मको कार्यको जिम्मेवारी प्रवक्ता मनिष झा र सचिवालय सदस्य दीपक बोहोरालाई तोकिएको छ।

पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री कवीन्द्र बुर्लाकोटीले आवश्यकता अनुसार सो प्रक्रिया अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

निर्णय !

१. प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२मा पार्टीका तर्फबाट समानुपातिकतर्फ उम्मेदवार हुन आवेदन दिएका उम्मेदवारका आकांक्षीहरूको २०८२ पौष ५मा भएको छलफलमा विशेष कारणबस सहभागी हुन नसकेका, नपाएका आवेदक सहभागिहरुलाई छलफल प्रक्रिया सहभागी गराउने । उनीहरुको प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया समेत गर्ने सम्मको कार्यको जिम्मेवारी प्रवक्ता मनिष झा र सचिवालय सदस्य दिपक बोहोरालाई तोक्ने । पार्टी उपसभापति डा. स्वर्णीम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले आवश्यकता अनुसार सो प्रक्रिया अनुगमन गर्ने ।

२. प्रवासमा रहेका उम्मेदवारका आकांक्षिहरुको मुल्यांकन भर्चुअल विधि मार्फत गर्ने । यसरी भर्चुअल प्रक्रियाबाट बन्दसूचिमा पर्ने आवेदकहरु २०८२ पौष १४ गते बिहान ९:०० बजे भित्र (निर्वाचन आयोगमा बन्दसूची बुझाउनु अघि) पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुने गरी व्यवस्था मिलाउने ।

३. उम्मेदवार छनोट समितिको प्रस्ताव र पार्टी उपसभापतिहरु श्री डोल प्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसंगको सहमतिमा छनोट प्रक्रियामा सहजीकरणका लािग केन्द्रीय समितिका सदस्यहरूलाई सहभागी गराउने ।

४. समानुपातिक उम्मेदवार छनोटको लागि हुने प्रारम्भिक निर्वाचनमा मतदान गर्न सदस्यहरुको मापदण्ड निर्धारण गर्ने जिम्मेवारी उम्मेदवार छनोट समितिको प्रस्तावमा पार्टीको निर्वाचन आयोगको प्रतिनिधि र सुचना प्रविधि इकाईका प्रतिनिधि सम्मिलित कार्यदलले गर्न अख्तियारी दिने ।

५. पार्टीको केन्द्रीय निर्वाचन आयोगको सदस्यमा श्री गोकुल सापकोटा र केन्द्रीय संगठन विभागको सदस्यमा शिवराज पन्तलाई मनोनयन गर्ने ।