२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन मन्त्री चौलागाईंले गरे एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

अ+ अ-

काठमाडौँ। वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)को संरक्षण प्रयासको प्रशंसा गरेका छन् ।

उनले आज राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालय भ्रमणका क्रममा दशकौँदेखि वन्यजन्तु संरक्षण र प्राकृतिक पारिस्थितिक प्रणालीको पुन:स्थापनामा एनटिएनसीले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरेका हुन् ।

मन्त्री चौलागाईंले एनटिएनसीका संरक्षण प्रयासको उच्च मूल्यांकन गर्दै आगामी दिनमा संस्थाले अघि सारेका संरक्षण लक्ष्यमा मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले नेपाललाई विश्वस्तरमा प्रकृति संरक्षणको अग्रणी मुलुकका रूपमा स्थापित गर्न एनटिएनसीको योगदान उल्लेखनीय रहेको धारणा व्यक्त गरेका छन् ।

उक्त अवसरमा एनटिएनसीका सदस्य सचिव डा. नरेश सुवेदीले संस्थाले सञ्चालन गरिरहेका वन्यजन्तु संरक्षण कार्यक्रम तथा प्राकृतिक सम्पदा क्षेत्रहरूको संरक्षणसम्बन्धी गतिविधिबारे विस्तृत जानकारी गराएका थिए ।

उनले समुदायको सक्रिय सहभागितामार्फत स्थानीय जीविकोपार्जन र प्रकृति संरक्षणबीचको दूरी घटाउने उद्देश्यले अपनाइएका समुदाय-आधारित संरक्षण मोडेल प्रभावकारी रूपमा कार्यान्वयन हुँदै आएको बताए ।

एनटिएनसीले संरक्षणका साझा लक्ष्य हासिल गर्न मन्त्रालयसँगको निरन्तर सहकार्यप्रति आभार व्यक्त गरेको छ ।