काठमाडौँ । लोक सेवा आयोगले लिएको इञ्जि सेवाको लिखित परीक्षामा एक जना पनि उम्मेदवार उत्तीर्ण भएका छैनन्।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं. १२०६४/०८१-८२ (महिला), इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ. स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी, इलेक्ट्रिसियन पदका लागि लिइएको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको लोक सेवा आयोगले जनाएको छ।








