काठमाडौँ । लोक सेवा आयोगले नेपाल टेलिभिजनको वरिष्ठ निर्माता पदको लिखित परीक्षाका कार्यक्रम संशोधन गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले मंगलवार एक सूचनामार्फत लिखित परीक्षाका कार्यक्रम संशोधन गरेको जानकारी दिएको हो ।
नेपाल टेलिभिजनको वि.नं.४०/२०८१-८२, प्राविधिक, कार्यक्रम/निर्माण , तह ६ (आ.प्र), वरिष्ठ निर्माता पदको परीक्षा कार्यक्रम संशोधन गरिएको छ ।








