२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजेन्द्र लिङ्देनले भने : ‘फागुन २१ को निर्वाचनलाई आन्दोलनको रूपमा उपयोग गर्नुपर्छ’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई आन्दोलनको रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।

राप्रपा नेपालसँगको एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । देश जबरजस्ती निर्वाचनमा होमिन थालेको उनको आरोप छ ।

‘अहिले जबरजस्त मुलुक चुनावतर्फ होमिएको छ । यस्तो बेला हामी राप्रपाका नेता कार्यकर्ताको जिम्मेवारी छ, यो चुनावलाई हामीले आन्दोलनको रूपमा उपयोग गर्नुपर्नेछ, आन्दोलनको एउटा हिस्साको रूपमा हामीले प्रयोग गर्नुपर्ने छ,’ उनले भने ।

साथै, उनले फागुन २१ को चुनाव कुनै समाधान नभएको बताए ।

‘मैले सबैसँग आग्रह गर्न चाहन्छु, हामीले यो सरकारलाई सबै राजनीतिक शक्तिहरूलाई निरन्तर रूपमा आग्रह गर्‍यौँ, आगामी फागुन २१ गतेको चुनाव समस्याको समाधान होइन । अस्ति जुन विद्रोह भयो, त्यो विद्रोह मध्यावधि चुनाव वा ०८४ को चुनावलाई ०८२ मा गर्नका लागि भएको होइन,’ लिङ्देनले भने ।

राजा, राजनीतिक दल, अहिलेको नवयुवा पुस्ता सबैको सर्वपक्षीय सम्मेलनबाट निर्णय गरेर देशलाई निकास दिनुपर्ने बताए ।

‘हामीले लामो समयदेखि उठाइरहेका विभिन्न विषयलाई सम्बोधन नगरी देशलाई स्थायी शान्ति दिन सकिँदैन । राजा, राजनीतिक दल, अहिलेको नवयुवा पुस्ता सबैको सर्वपक्षीय सम्मेलनबाट, सर्वपक्षीय सहमति निर्माण गरेर, देशलाई निकास दिएर मात्रै चुनाव गर्नुपर्छ भनेर हामीले भन्दै आयौँ,’ लिङ्देनले भने ।