२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यासिनोमा प्रहरले बढायो निगरानी, लेमन ट्रीको गरुडबाट पाँच जुवाडे पक्राउ

अ+ अ-

काठमाडौँ । विभिन्न पाँचतारे होटेलमा सञ्चालित क्यासिनोका नाममा गम्भीर आर्थिक अपराधको श्रृंखला बढेपछि प्रहरीले काठमाडौँका क्यासिनोमा निगरानी बढाएको छ । त्यसक्रममा बुढानीलकण्ठमा सञ्चालित होटेल लेमन ट्रीस्थित क्यासिनो गरुडबाट पाँच नेपाली पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार राति छापा मार्ने क्रममा अवैध रूपमा जुवा खेलिरहेको भेटिएपछि तिनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कुनै पनि नेपाली नागरिकलाई क्यासिनो जाने अनुमति छैन, त्यसमाथि विदेशीसँगको मिलेमतोमा नेपाली र विदेशी खेलाडीलाई विभिन्न प्रकारले ठगी गर्ने श्रृंखला बढेका कारण पछिल्ला दिनमा क्यासिनोमा कडाइ गरिएको हो ।

बुधबार क्यासिनो गरुडबाट पक्राउ पर्ने खोटाङका गणेश मगर, काठमाडौँका भरतराज पौडेल, महोत्तरीका दयाराम राना, सिन्धुपाल्चोकका पशुपति खड्का र दोलखाका सन्तोष भण्डारी हुन् । उनीहरूबाट नगदसहित क्यासिनो ठगीमा प्रयोग हुने मोबाइल तथा विभिन्न उपकरण पनि जफत भएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले क्यासिनो इभेन्ट गरी तासमा चिप्स र आँखामा विशेष प्रकारको लेन्स लगाई ठगी गर्ने गिरोहलाई पक्राउ गरेको थियो । ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालित क्यासिनो वाल्डोबाट उक्त गिरोहलाई पक्राउ गरेको हो । सो गिरोहलाई पक्राउ गरेपछि उक्त कार्यमा क्यासिनोका सञ्चालक ७५ वर्षीय चिनियाँ नागरिक चन मन चियाङको संलग्नता देखिएको थियो । चियाङ अहिले प्रहरी हिरासतमा छन् ।

बुधबार छापा मारिएको होटेल लेमन ट्रीस्थित क्यासिनो गरुडमा पनि विदेशी नागरिकलाई ठगी गर्नका लागि विभिन्न किसिमका उपाय अपनाइने गरिएको सूचना प्रहरीसँग थियो ।

बूढानीलकण्ठ लिमिटेडद्वारा सञ्चालित होटेल लेमन ट्री २०८१ सालदेखि सञ्चालनमा छ । २ अर्ब ६० करोडको लागतमा निर्माण सम्पन्न भएको उक्त होटेल ५७ ट्वीन्स रुम, ३३ किङ रुम, ६ जुनियर सुइट रुम, ४ बिजिनेस सुइट रुम र २ प्रेसिडेन्टल सुइट गरी १९० बेडमा सञ्चालित छ । होटेलको व्यवसायक सन्तोषजनक नभएपछि क्यासिनोमार्फत होटेल चलाउने क्रममा क्यासिनो इभेन्ट जस्ता बहानामा व्यवसाय वृद्धि गरिएको आशंका प्रहरीले गरेको छ ।