२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेनु दाहालको प्रशंसा गर्दै सञ्चार मन्त्री खरेलले भने : ‘भरतपुर मुलुकको केन्द्रीय सहर भएको छ’

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भरतपुर मुलुकको केन्द्रीय सहरका रूपमा स्थापित भएको बताएका छन् ।

‘सुनौलो नेपाल’ले आज यहाँ आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’मा उनले भरतपुर अब पर्यटन, कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षाको सहरका रूपमा मात्रै सीमित नभई ‘सेन्टरै सिटी’ अर्थात् केन्द्रीय सहर भएको बताए ।

“जसरी अमेरिकाको राजधानी वासिङ्टन डिसी भए पनि मुख्य सहर न्युयोर्क हो, त्यसैगरी भरतपुर हाम्रो प्रमुख सहरका रूपमा स्थापित भएको छ ।” उनले भारतको टोकियो, भारतको नयाँ दिल्ली, बेलायतको लण्डन, फ्रान्सको पेरिस भएजस्तै नेपालका लागि भरतपुर त्यो सहर भएको उल्लेख गरे ।

भरतपुरलाई यहाँसम्म ल्याउनका लागि भरतपुर महानगरका मेयर रेनु दाहालको भूमिका महत्त्वपूर्ण रहेको मन्त्री खरेलको भनाइ थियो । ‘यसभन्दा अगाडि जति पनि जनप्रतिनिधि, अभियान्ता र सरोकारवालाहरू हुनुहुन्थ्यो उहाँहरूको पनि योगदान ठूलो छ, ‘उनले भने “पछिल्लो आठ वर्षमा सबै कायापलट भएको होइन, तर यस अवधिमा जे भएका छन्, त्यो निकै उल्लेखनीय छ ।’

मन्त्री खरेलले भरतपुर बन्यो तर देश किन बनेन भन्ने जवाफ पनि भरतपुरबाटै खोज्न सकिने बताए । “भरतपुरमा मेयरका रूपमा रेनु दाहालले आठ वर्ष लगातार काम गर्न पाउनुभयो, यदि उहाँले नौ महिना मात्र पाएको भए भरतपुरमा यो तहको विकास हुने थिएन”, उनले भने ।

त्यस अवसरमा मन्त्री खरेलले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्यको निर्वाचन हुनेमा आशंका नगर्न पनि आग्रह गरेका छन्। साथै आफू निर्वाचनमा उठ्ने विषयमा कुनै पनि निर्णय नगरेको स्पष्ट पारेका छन् ।