२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घेरा लाग्ने र उकेरा लगाउनेबाट माथि उठ्न देउवालाई दिनेश कोइरालाको पत्र

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय सदस्य दिनेश कोइरालाले नियमित वा विशेष महाधिवेशनको विवादको जरा सभापति शेरबहादुर देउवा भएको बताएका छन् ।

सभापति देउवाले पद आशक्ति नदेखाए पार्टीभित्रको विग्रह समाप्त हुने कोइरालाले देउवालाई पत्र लेखेर बताएका छन् ।

‘नेतृत्व हस्तान्तरण गर्नुहोस्, शक्ति र आशक्तिको काम नगर्नुहोस् । आफू एक कदम पछि हटेर पार्टी एकतालाई दुई कदम अगाडि बढाउनुहोस् । नेतृत्व हस्तान्तरण गर्नुभयो भने अहिले पार्टीमा देखिएको विग्रह साम्य हुनेछ र नेपाली काँग्रेसले सानदार रूपमा आमचुनावको सामना गर्न सक्नेछ,’ कोइरालाले लेखेको पत्रमा भनिएको छ, ‘विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवादको जरा तपाईँ नै हो । तपाईँले मार्ग प्रशस्त गरिदिने हो भने विशेष र नियमित महाधिवेशनको विवाद चुट्कीको भरमा समाधान हुनसक्छ ।’

आफूलाई घेरा लगाएर बस्ने र उकेरा लगाउनेको स्वार्थबाट बाहिर निस्कन सभापति देउवालाई उनले आग्रह गरेका छन् ।सभापति देउवालाई घेरा हाल्नेहरू समयको प्रवाहलाई रोक्न खोजिरहेको कोइरालाको टिप्पणी छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिँदा वाहवाही र सम्मान पाएका देउवालाई स्वार्थी समूहले परिबन्दमा पारेको कोइरालाले उल्लेख गरेका छन् ।

देउवालाई पत्रमा कोइराला भन्छन्, ‘तर, तपाईँको पुनरागमनसँगै तपाईँलाई घेरा र उकेरा लगाउनेहरूले यस्तो परिबन्द सिर्जना गरेका छन्, नेपाली काँग्रेस झन् ठुलो संकटमा फसेको छ । घेरा र उकेरा लगाउनेहरूले आफ्नो स्वार्थका लागि तपाईँमा लोभ जगाइदिँदै छन्, आफ्नो स्वार्थका लागि तपाईँलाई सत्ताको मैदानमा भिड्न पठाउँदै छन् ।’