काठमाडौँ। नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीबाट दामोदर भण्डारीको एकल नाम सिफारिस गरेको छ ।
आज बसेको जिल्ला कमिटीको बैठकले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भण्डारीको एकल नाम पठाउने निर्णय गरेको हो ।
भण्डारी २०७०, २०७४ र २०७९ का लगातार ३ वटा चुनाव जित्दै मन्त्रीसमेत भइसकेका छन् ।







