२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा पालिकामा खटाएका एक कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । मन्त्रालयले गत पुस ११ गते उपसचिव हिरालाल चौधरीलाई जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई पठाएको थियो । तर उनी हालसम्म पनि उपमहानगरपालिकामा हाजिर भएका छैनन् भने पालिकाको सम्पर्कमा समेत आएका छैनन् ।

मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृतसँग ११ दिन बितिसक्दा पनि सम्पर्क हुन नसकेको उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले जानकारी दिए । उनका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईले करिब १० दिनअघि नै रमाना लिएर गइसकेकाले उपमहानगरपालिकाको प्रशासनिक कामकाज प्रभावित भएको छ ।

नगर प्रमुख पौडेलले यसै महिनाभित्र नगर सभा गर्नुपर्ने बाध्यता रहेकाले प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले थप समस्या सिर्जना भएको गुनासो गरे । निजामती सेवा ऐनअनुसार सरुवा भएको कर्मचारी २१ दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर भइसक्नुपर्ने व्यवस्था भए पनि कम्तीमा सम्बन्धित पालिकासँग सम्पर्क गर्नुपर्ने हुन्छ । तर मन्त्रालयले पठाएका उपसचिव चौधरीले हालसम्म कुनै जानकारी नदिएकाले प्रशासनिक कामकाज अन्योलमा परेको नगर प्रमुखको भनाइ छ ।