काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी काठमाडौँ-४ मा उम्मेदवार सिफारिस भएकी छन्। नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको बैठकले भण्डारीको नाम केन्द्रमा सिफारिस गरेको हो।
काठमाडौँ ४ को उम्मेदवारको पहिलो नम्बरमा सचिव राजन भट्टराई छन्।
त्यसपछि क्रमशः उद्धव खरेल, मिठाराम अधिकारी, धर्मदत्त देवकोटा, राजनकुमार पोखरेल, सरस्वती कार्की, निर्मला पुडासैनी, विदुरविक्रम खड्कापछि नवौँ नम्बरमा भण्डारीको नाम परेको छ।
भण्डारीपछि सरिता निरौला, सुनिता थापा, संगम महतराज र मुरारी भण्डारी पनि उम्मेदवार सिफारिस भएका छन्।







