२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको काउन्टरमा युवा भेला गर्ने भएको छ । विशेष महाधिवेशनको उद्घाटन हुने दिन काँग्रेसको संस्थापन पक्षले सानेपामा युवा भेला गर्ने भएको हो ।

सभापति शेरबहादुर देउवासँग बिहीबार छलफल गरेर संस्थापन पक्षले २७ पुसमा युवा भेला आयोजना गर्ने निर्णय गरेको नेताहरूले बताएका छन् । भेलाको संयोजनको जिम्मा नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङलाई दिइएको छ ।

सभापति देउवासँगको छलफलमा सहभागी केन्द्रीय सदस्य गुरु बरालले युवा भेलाको आयोजनबारे पुष्टि गरेका छन् । ‘२७ गते पार्टी कार्यालयमा युवा–विद्यार्थीको भेला गर्ने भएका छौँ,’ सभापति देउवासँगको छलफलपछि भने, ‘२८ गतेको बारेमा तय हुँदैछ ।’

संस्थापन निकट स्रोतले २८ पुसमा जिल्ला सभापतिहरूको भेला गरिने जानकारी दिएको छ । स्रोतका अनुसार सभापतिहरूको भेलाका लागि समन्वयको जिम्मेवारी भक्तपुर सभापति दुर्लभ थापा र बागलुङ सभापति जीत शेरचनलाई जिम्मा दिइएको छ ।

सभापति देउवासँगको छलफलमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बालकृष्ण खाँण, एनपी साउद, जीतजंग बस्नेत, गुरु बराललगायतका नेताहरू सहभागी थिए ।

यस्तै भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विधान गुरुङ, नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पा, नेपाल महिला संघका अध्यक्ष उषा राउतको पनि सहभागिता रहेको थियो ।

विशेष महाधिवेशन पक्षधरले २७-२८ पुसमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेका छ । महाधिवेशनका लागि विशेष पक्षधरले भृकुटीमण्डप ‘बुकिङ’ पनि गरिसकेको छ ।