काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ।
शुक्रबार आयोगले अन्तिम नतिजा सार्वजनिक गर्दै एक जना उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगले इन्जिनियरिङ सेवाका उम्मेदवार देवकुमार स्याङ्वोलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।








