२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जामा सुधार

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष मंसिरमा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जामा सुधार आएको छ । बैंक तथा वित्तीय संस्थाले मंसिरमा मात्रै थप ३७ अर्बभन्दा धेरै कर्जा लगानी बढाएका हुन् ।

चालु आव मंसिरसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले बढेको छ । कात्तिकमा निजी क्षेत्रतर्फका कर्जा १.२ प्रतिशत बढेको थियो ।

गत मंसिरमा निजी क्षेत्रमा कर्जा १ खर्ब २ अर्ब २४ करोड थप भई कुल ५५ खर्ब ९९ अर्ब ९५ करोड पुगेको छ । गत आव मंसिरमा यस्तो कर्जा १ खर्ब ७८ अर्ब २९ करोड अर्थात् ३.५ प्रतिशत बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा मंसिर २०८२ मा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशत बढेको छ ।

मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३७.३ प्रतिशत छ । गत आव सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ र ३५.९ प्रतिशत थियो ।

चालु आव मंसिरसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको २ प्रतिशत, विकास बैंक ०.८ र वित्त कम्पनीको १.२ प्रतिशत बढेको छ ।

मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति सुरक्षणमा १४.९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।