२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोस्रो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने काँग्रेसको निर्णय

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टीका महामन्त्री गगनकुमार थापाले बन्द सत्रमा प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा राष्ट्रिय पुनर्जागरण अभियान चलाउने उल्लेख छ ।

‘नेपाली काँग्रेसको यो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको छ । यसको मुख्य उद्देश्य निराशा, घृणा, प्रतिशोधको राजनीतिलाई परास्त गर्दै जनताको हृदयमा आशा, विश्वास र सुरक्षाको दियो जगाउनु राजनीतिलाई जनमुखी, समाज केन्द्रित बनाउन, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमानलाई जनमुखी र समाज केन्द्रित बनाउन, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमानलाई पुनर्स्थापित गर्नु तथा लोकतान्त्रिक संस्कारको प्रवर्द्धन गर्नु हो,’ प्रतिवेदनमा भनिएको छ ।

अभियानले व्यक्तिगत स्वार्थ र गुटबन्दीको अन्त्य गर्दै विभिन्न पुस्ता, क्षेत्र र समुदायबीच आपसी संवाद र सहकार्य सुदृढ गर्ने र राष्ट्रिय आत्मविश्वास एवं सामाजिक एकता तथा सद्भावलाई अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।

पुनर्जागरण अभियानमा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरूलाई राजनीतिक तथा सामाजिक–सांस्कृतिक जिम्मेवारीका साथ परिचालन गरिने महामन्त्री थापाले उल्लेख गरेका छन् ।

‘यसले घृणा, द्वेष, प्रतिशोधबाट समाजलाई माथि उठाएर राष्ट्रका साझा मुद्दामा साझा दृष्टिकोण निर्माण गर्न भूमिका निर्वाह गर्नेछ, राष्ट्रिय स्वाभिमान बढाउनेछ  र अन्तरपुस्ता सहकार्य र अन्तरतह समन्वयको वातावरण सिजृना गर्नेछ,’ थापाले प्रतिवेदनमा भनेका छन्, ‘संविधानको आधारशीलामा उभिएर समुन्नति, स्वतन्त्रता र समानतालाई प्रवर्द्धन गर्ने मार्गचिका साथ आम नागरिकको हृदयमा नौलो जागरण र भरोसाको किरण छर्नेछ ।’