२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टी एकता महत्वपूर्ण हो, टिकटमा हस्ताक्षर ठूलो कुरा होइन’ : देउवा

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ टिकट वितरण गर्दा आफूले हस्ताक्षर नगर्ने विषयमा लचिलो बनेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । देउवा र महामन्त्रीद्वयबीचको भेटवार्ताबारे ब्रिफिङ गर्दै उनले सो जानकारी दिएका हुन् ।

महतले सञ्चारकर्मीसँग कुरा गर्दै टिकटमा हस्ताक्षर गर्नु ठूलो कुरा नभएको बताए । देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘समानुपातिकमा सबैको छलफलमै सूची पठाइएको छ । पार्टी एकता मेरालागि महत्वपूर्ण हो । मेरो हस्ताक्षर महत्वपूर्ण होइन । कुन नेतालाई दिनुपर्छ निर्णय गरेर दिन तयार छु ।’

उनले थपे, ‘मसँग भएको त्यही एउटा टिकटको हस्ताक्षरको अधिकार पनि फिर्ता लिन्छु भन्दा उहाँहरूले सुन्नुभो । संरक्षक भएर बस्नुस् भन्नुभयो। आखिर उहाँ संरक्षक जत्तिकै त हो नि । हस्ताक्षर पनि फिर्ता लिन तयार छु भनेपछि के चाहिँ बाँकी रह्यो र ।’

यसबारे केन्द्रीय समितिमा ब्रिफिङ हुने महतको भनाइ छ ।‘ नेताहरूले के भन्नुहुन्छ । त्यसको आधारमा निर्णय हुन्छ,’ उनले भने । महतका अनुसार देउवाले आफूलाई चुनावमा भाग लिन नदिन खोजेको हो भनेर सोधेका थिए । महामन्त्रीद्वयले त्यस्तो आशय नभएको प्रस्ट्याएका छन्।

‘मलाई यो चुनाव नलड भनेको हो ? भनेर सोध्नुहुँदा महामन्त्रीहरूले त्यो त भनेको हैन भन्नुभयो उहाँहरूले,’ उनले सुनाए ।