२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधिकारिकता दाबी गर्दै देउवा पक्षले निर्वाचन आयोगमा कागजात बुझायो

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्षले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको छ । आज कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोली आयोग पुगेर कागजात बुझाएको हो ।

गगन थापा पक्षले गत पुस २७ गतेदेखि माघ १ गतेसम्म विशेष महाधिवेशन गरेर थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेपछि काँग्रेसमा आधिकारिकता विवाद छ । देउवा र थापा पक्ष दुवैले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् । आयोगले ती निवेदनमाथि अध्ययन गरिरहेको जनाएको छ ।

यही सन्दर्भमा कार्यवाहक सभापति खड्का, नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइराला, रमेश लेखक, डा. मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता कोइराला लगायतका नेताहरू आज निर्वाचन आयोग पुगेका थिए ।

आधिकारिकता दाबी गर्दै कागजपत्र बुझाउनुअघि कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनलाई लोकतन्त्रमाथि षडयन्त्रको संकेतको रूपमा अर्थ्याएका थिए ।

प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीको बन्द सूची बुझाइसकेको र राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा अर्को पक्षले काँग्रेसको आधिकारिकता दाबी गरेको बताउँदै उनले त्यसलाई नेपालको संविधान, लोकतन्त्र र राजनीतिक परिवर्तनमाथि गम्भीर षडयन्त्रका संकेतको रूपमा व्याख्या गरे । ‘त्यही षडयन्त्रको ठुलो संकेतको रूपमा निर्वाचन आयोगमा आएर केही व्यक्तिहरूले हामी काँग्रेसको दाबा गर्न आयौँ भनेर सञ्चार माध्यमबाट जानकारी पायौँ,’ खड्काले भने ।

निर्वाचन आयोगमा केन्द्रीय समितिका पदाधिकारीहरू, जिल्ला सभापतिहरू, भातृसंस्था र शुभेच्छुक संस्थाको टोली पुगेको थियो ।