२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा निर्वाचनमा भोजपुरबाट १२ उम्मेदवार, महिलाको सहभागिता देखिएन

अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोजपुर निर्वाचन क्षेत्रमा राजनीतिक दलहरूले उम्मेदवारी दर्ता प्रक्रिया पूरा गरेका छन्। तर मनोनयन विवरण हेर्दा महिला सहभागिता शून्य रहेको पाइएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यस निर्वाचन क्षेत्रमा १२ वटा राजनीतिक दलबाट १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीका अनुसार दर्ता भएका सबै उम्मेदवार पुरुष छन्। कानुनअनुसार ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था रहे पनि प्रमुख दलहरूले समेत महिला उम्मेदवार अघि नबढाएको उनले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमा विभिन्न दलका तर्फबाट मनोनयन दर्ता भएको छ। उम्मेदवारी दर्ता गराउनेहरूमा नेपाल मजदुर किसान पार्टीबाट राजाराम बासी, श्रम संस्कृति पार्टीबाट ध्रुव राई, नेकपा (एमाले)बाट शेरधन राई, राष्ट्रिय परिवर्तन पार्टीबाट जितेन्द्र राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेशप्रसाद ओझा तथा मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट चन्द्रप्रसाद राई रहेका छन्।

यसैगरी नेपाल कम्युनिष्ट पार्टीबाट अजम्वर राई, नेपाली काँग्रेसबाट बालकृष्ण थापा, नेकपा (माओवादी)बाट देवानराज राई, जनता समाजवादी पार्टीबाट गोपालकुमार राई तथा आमजनता पार्टीबाट युवराज थापाले उम्मेदवारी दर्ता गराएका छन्।