२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न: निर्वाचन सुरक्षामा समन्वय सुदृढ, सामाजिक सञ्जाल दुरुपयोगमा कडाइ

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित सुरक्षा रणनीति र तयारीबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक आयोजना गरिएको हो।

गृहमन्त्री अध्यक्ष रहने केन्द्रीय सुरक्षा समितिमा गृह तथा रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने व्यवस्था छ। बैठकमा केन्द्रीय सुरक्षा समितिबाट यसअघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम सम्बन्धित निकायहरूले सम्पादन गरिरहेका कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्तीका योजनाबारे विस्तृत समीक्षा गरिएको छ।

बैठकमा चारवटै सुरक्षा निकायले निर्वाचन सुरक्षा योजनाअनुसार गरेका तयारीबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरेका थिए। यस क्रममा समग्र सुरक्षा अवस्था, सम्भावित चुनौती र जोखिमबारे विश्लेषण गर्दै निकायगत समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

समितिले निर्वाचन कार्यक्रमसँग समन्वय गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको छ। साथै राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचार–प्रसार र निर्वाचन अभियानलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सुरक्षा व्यवस्थालाई सुदृढ र भरपर्दो बनाउने उद्देश्यले सबै जिल्ला सुरक्षा समितिलाई आवश्यक निर्देशन दिने निर्णय गरिएको छ।

त्यसैगरी निर्वाचन प्रचार–प्रसारको क्रममा सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न निगरानीलाई प्रभावकारी बनाइने र गैरकानुनी गतिविधि देखिए कडाइका साथ कारबाही गरिने निर्णय पनि बैठकले गरेको छ। समितिले निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन सबै सुरक्षा निकायबीच समन्वय र सहकार्यलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।