काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बारेमा दिएको अभिव्यक्तिप्रति विन्दा पाण्डेले असन्तुष्टि जनाएकी छन् ।
एउटा अन्तर्वार्तामा ओलीले योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकुल बाँस्कोटा र विन्दा पाण्डेहरूलाई टिकट नदिइनुको आधारबारे बोलेका थिए।
चुनाव जित्ने आधार नभएकाले टिकट नदिइएको ओलीले बताएका थिए। पाण्डेले सामाजिक सञ्जाल मार्फत यसपटक टिकट नै नमागेको र यसअघिकै सन्दर्भमा पनि जनताको बीचमा जाने आधार नदिइएको उल्लेख गरेकी छन्।
ओलीसँग मत बझाएको सन्दर्भमा पाण्डेले सुशासनको कुरा गर्दा यस्तो तर्क गरिन नहुने बताएकी छन्। ‘पुन स्मरण गराउन चाहन्छु अध्यक्ष कमरेडसँग मैले कुनै मत बजाएकी होइन र छैन । सुशासनको पक्षमा कुरा उठाउँदा यहासँग मत मिल्दैन भने माफ गर्नु होला,’ पाण्डेले लेखेकी छन्।







