२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक यात्रासँग जोडिएका मूल्य र योगदानको स्मरण ‘प्रचण्ड’लाई घनश्याम भुसालको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग उनको राजनीतिक यात्रासँग जोडिएका मूल्य र योगदानको स्मरण गर्न आग्रह गरेका छन्।

भुसालले नेतृत्वले विगतमा सँगसँगै संघर्ष गरेका व्यक्तिहरूको भूमिकालाई बेवास्ता नगर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

पार्टी अनुशासन उल्लंघनको आरोपमा हरिबोल गजुरेल र महेश्वर दाहालमाथि कारबाही गरिएको सन्दर्भ उल्लेख गर्दै भुसालले सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गरेका छन्। उनले कठिन परिस्थितिमा पार्टीका लागि उभिएका व्यक्तिहरू नै नेतृत्वको पहिचान र गौरव भएको संकेत गरेका छन्।

उनको अभिव्यक्तिमा नेतृत्वले सहजता मात्र खोज्ने प्रवृत्तिबाट अलग रहँदै चुनौतीपूर्ण समयमा साथ दिएका कार्यकर्ताको योगदानलाई मूल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

भुसालले पार्टीभित्रको आन्तरिक अभ्यास र नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै ध्यानाकर्षण गराएका छन् ।