२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा आँधीका कारण कम्तीमा १० जनाको मृत्यु, उडान रद्द 

अ+ अ-

वाशिङ्गटन, संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिकाका विभिन्न भागहरूमा आएको एक भयानक आँधीले कम्तिमा १० जनाको ज्यान लिएको छ । आँधीका कारण सार्वजनिक यातायात सेवा, उडान सेवा रद्द र बिजुली कटौती भएको छ । आँधीको असर सोमबारसम्म अत्यधिक देखिने बताइएको छ। 

आँधीबेहरीसँगै परेको व्यापक हिम वर्षाले देशका अधिकांश भूभाग प्रभावित भएको भन्दै आर्कटिक हावाको प्रभाव धेरै दिनसम्म रहँदा सामान्य जनजीवन लामो समय (केही दिन) सम्म प्रभावित हुनसक्ने बताइएको छ। 

अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस)ले अमेरिकीहरूलाई सोमबार बिहानसम्म मौसममा कुनै सुधार नआउने बताएको छ। 

न्यूयोर्कका मेयर जोहरान ममदानीले सप्ताहन्तमा चिसो तापक्रमबीच पाँच जना मृत फेला परेको बताएका छन् । यद्यपि, उनले मृत्यु मौसमसँग सम्बन्धित भएको पुष्टि गरेनन्। उनले पत्रकारहरूसँग भने, “यसपहिले यति अत्यधिक चिसोको मलाई सम्झना छैन।”

टेक्सासमा हिउँमा चिप्लिएर खेल्ने खेल (स्लेजिङ) दुर्घटनामा एक १६ वर्षीया किशोरीको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

लुइजियानामा अत्यधिक चिसो (हाइपोथर्मिया) का कारण दुई जनाको मृत्यु भएको यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

‘पावर आउटेज डट कम’ नामक विद्युत सेवा अवरूद्धताबारे जानकारी दिने ‘साइट’मा आइतबार रातिसम्म आँधीबाट बढी प्रभावित क्षेत्रमा आठ लाख ४० हजारभन्दा बढी ग्राहकहरू विद्युतको सेवाबाट वञ्चित भएको उल्लेख गरिएको छ। 

लुइसियाना, मिसिसिपी र जर्जियामा पनि करिब तीन लाख मानिस आँधीबेहेरीका कारण सामना गर्नुपरेको विद्युत कटौतीबाट प्रभावित भएका छन् । 

अमेरिकाको संघीय राजधानी वासिङ्टनले कम्तिमा २० राज्यमा संकटकाल घोषणा गरेका छन् ।

वाशिङ्गटनका बासिन्दाहरू बिहान उठ्दा फुटपाथ र सडकहरूमा धेरै इन्च हिउँले ढाकिएको पाइएको बताएका छन् । 

संघीय कार्यालयहरू सोमबारका लागि अघिल्लो दिनको मौसमी खरावीसम्बन्धी सूचनापछि बन्द गरिएको छ ।

वाशिङ्गटन, फिलाडेल्फिया र न्यूयोर्कका धेरै प्रमुख विमानस्थलमा लगभग सबै उडानहरू रद्द भएका छन् । शनिबारदेखि देश भित्र आउने र बाहिरजाने १९ हजारभन्दा बढी उडानहरू रद्द भएका बताइएको छ।  

राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा भनेका छन्, “हामी यस आँधीबेहरीको बाटोमा सबै राज्यहरूसँग निगरानी र सम्पर्कमा रहनेछौँ। सुरक्षित र न्यानो रहनुहोस् !”