२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरुवा बन्दुकसहित दुई जना पक्राउ

अ+ अ-

काठमाडौँ । तीन थान एकनाले भरुवा बन्दुक र बन्दुकसँग सम्बन्धित विभिन्न सामग्रीहरूसहित स्याङ्जाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

२१ फागुनका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरुवा अर्चलेबाट खटिएको विशेष सर्च अपरेसन टोलीले बिरुवा गाउँपालिका-२ झागडीस्थित झाडीबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अपरेशनमा गएको प्रहरी टोलीले लुकाइछिपाई राखेको अवस्थामा भरुवा बन्दुकसँगै बन्दुकसंग सम्बन्धित बारुद, छर्रा, छुच्ची, डेटोनेटर, शिशा, सेफ्टीफ्यूज, गन्धक, केपलगायतका सामग्रीहरूसहित बिरुवा-२ झागडी बस्ने ६६ वर्षका रोमबहादुर राना र सोही स्थान बस्ने ६९ वर्षका वीरबहादुर थापालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुईमध्ये रोमबहादुरलाई फलामको गजसहितको एकनाले भरुवा बन्दुक दुई थान, बारुद ४८० ग्राम, छर्रा १३५ थान, फलामको चिम्टा दुई थान, फलामको छुच्ची एक थान, सोडा एक किलो ३०० ग्राम, डेटोनेटर ६ थान, आठ फिट नौ इन्च लम्बाई भएको सेफ्टीफ्यूज एक थान, गन्धक ४५० ग्राम, प्लास्टिक एक्सप्लोसिभ किरकी १६० ग्राम, खोका नभएको वुलेट १० थान, खाली खोका एक थान, केप आठ थान, बाघको दाह्राजस्तो देखिने नुकिलो वस्तु एक थानसहित झागडीस्थित सामुदायिक जंगलको ओडारबाट नियन्त्रणमा लिएको हो।

यसैगरी वीरबहादुरलाई फलामको गजसहितको एकनाले भरुवा बन्दुक एक थानसहित झागडीस्थित घर नजिकैको झाडीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।