२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मूलपानीमा लुटपाटमा संलग्न समूह नियन्त्रणमा, दुई राउन्ड गोली प्रहार

अ+ अ-

काठमाडौँ । काठमाडौँको मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड गोली प्रहार गरी १० जनालाई पक्राउ गरेको छ।

प्रहरी स्रोतले प्रशासनलाई जानकारी दिएअनुसार, लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि अवस्था नियन्त्रण बाहिर जान नदिन गोली चलाइएको हो। गोली प्रहारपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

रातिको समयमा विभिन्न व्यक्तिलाई पछ्याएर गहना, नगदलगायतका सामान लुटिएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोली गएराति परिचालित भएको थियो। स्रोतका अनुसार, पक्राउ परेका समूहका सदस्यहरूले गौशाला, स्वयम्भू, बौद्ध र भक्तपुर क्षेत्रमा समेत लुटपाटका घटना गर्दै आएका थिए।

पक्राउ परेकाहरूको नाम तथा विस्तृत विवरण अनुसन्धानको प्रक्रियामा रहेकाले हाल सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप विवरण पछि सार्वजनिक गरिने बताइएको छ।