२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा सहरी सरसफाइलाई साझा दायित्वका रूपमा कार्यान्वयन गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी स्वच्छता र सरसफाइको विषयलाई सबै सरोकारवालाको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने स्पष्ट पारेकी छन्। उनले यस क्षेत्रमा कमजोरी गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दै दोषारोपणभन्दा कार्यान्वयनमा केन्द्रित हुनुपर्ने धारणा राखेकी हुन्।

महानगर क्षेत्रभित्र फोहर संकलन, वर्गीकरण र ढुवानीको काम गरिरहेका निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा सरसफाइको विद्यमान अभ्यास, त्यसको दीर्घकालीन स्थायित्व र सुधारका नीतिगत तथा व्यावहारिक पक्षबारे विचार-विमर्श गरिएको थियो। सो अवसरमा डंगोलले सडक, गल्ली, चोक, पार्क, ढल प्रणाली, सडक किनारा तथा आवासीय क्षेत्रका ढोकामा समेत फोहर थुप्रिन नदिने व्यवस्था सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिइन्।

उनले नागरिकसँग प्रत्यक्ष जोडिने सेवा र विषयलाई महानगरपालिकाको प्रमुख प्राथमिकतामा राखिएको बताइन्। छलफलमा निजी क्षेत्रका तर्फबाट ध्रुवप्रसाद आचार्य र मित्र घिमिरे सहभागी थिए। उनीहरूले महानगरबाट जारी निर्देशनहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

छलफलका क्रममा फोहरलाई उत्पत्तिको स्थानमै वर्गीकरण गर्ने, संकलनको समय र प्रक्रिया निश्चित गर्ने तथा संकलन अघि सूचना प्रवाह गर्ने प्रणालीलाई व्यवहारमा उतार्ने विषयमा सहमति भएको जनाइएको छ। यसैबीच, वातावरण विभागका अनुसार घरेलु फोहरसँगै निस्कने सुक्खा फोहरको व्यवस्थापनका लागि महानगरपालिकाले सात क्षेत्रमा विभाजन गरी आय ठेक्का व्यवस्था गरेको छ।