२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

अ+ अ-

कञ्चनपुर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा दुई हजार एक सय ६६ कर्मचारीलाई खटाइने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार तीन वटै निर्वाचन क्षेत्रमा तीन सय ६० स्थायी र दुई अस्थायी मतदान केन्द्र छन् । प्रत्येक स्थायी निर्वाचन केन्द्रमा छ जनाका दरले कर्मचारी खटाइने छ । प्रत्येक निर्वाचन केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगीलाई खटाउने व्यवस्था मिलाइएको छ । 

अस्थायी निर्वाचन केन्द्रमा भने तीन जना कर्मचारीलाई खटाइने छ । जसमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना कार्यालय सहयोगीलाई खटाइने छ । 

निर्वाचनमा निजामतीतर्फका स्थायी कर्मचारी, स्थायी शिक्षक र संस्थानका कर्मचारीलाई सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले खटाउने व्यवस्था रहेको छ । प्रत्येक निर्वाचन केन्द्रमा स्वयंसेवकको नियुक्ति भने सम्बन्धित मतदान अधिकृतले गर्ने छन् । 

केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन र खटनपटनको कार्य अगाडि बढाइने निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताए । 

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा एक सय २२, निर्वाचन क्षेत्र नं २ मा एक सय २३ र निर्वाचन क्षेत्र नं ३ मा एक सय १५ गरी कूल तीन सय ६० मतदान केन्द्र रहेका छन् । विगतको भन्दा यस निर्वाचनमा मतदाताको चापलाई मध्यनजगर गरी १४ वटा मतदान केन्द्र थप गरिएका छन् भने दुई वटा अस्थायी मतदान केन्द्र राख्ने व्यवस्था गरिएको छ । 

निर्वाचन क्षेत्र नं १ मा एक लाख एक हजार ७२४, निर्वाचन क्षेत्र नं २ मा एक लाख नौ हजार ५७४ र निर्वाचन क्षेत्र नं ३ मा एक लाख तीन हजार ८७ गरी तीन लाख १४ हजार ३८५ मतदाता रहेका छन् । जसमा पुरुष मतदाताको सङ्ख्या एक लाख ५४ हजार ६८ रहेको छ भने महिला मतदाताको सङ्ख्या एक लाख ६० हजार ३१६ छ ।