२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेशमा प्रमुख दलबाट महिला उम्मेदवार न्यून

अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रमुख दलले न्यून सङ्ख्यामा महिलालाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् ।

प्रमुख दलमध्ये नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेशका कुनै पनि क्षेत्रमा महिला उम्मेदवार नउठाउँदा नेपाली कम्युनिष्ट पार्टीले एक जना महिला उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।

नेपाली कम्युनिष्ट पार्टीबाट विना मगर कञ्चनपुर क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन् । प्रदेशभरिका विभिन्न निर्वाचन क्षेत्रमा १८ महिला चुनावी मैदानमा उत्रिएका छन् । साबिकको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली क्षेत्र नं १ बाट कोमल ज्ञवालीलाई चुनावी मैदानमा उतारेको छ ।

प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी पाँच निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाउने दल नेपाल मजदुर किसान पार्टी रहेको छ । सो पार्टीले कैलाली क्षेत्र नं १ मा सुनिता भण्डारी, क्षेत्र नं २ मा लक्ष्मी पुन मगर, क्षेत्र नं ३ मा जुनु महतरा शाही, क्षेत्र नं ४ मा अमृता भूल र क्षेत्र नं ५ मा तृषण पुनमगरलाई उम्मेदवार बनाएको छ ।

मितेरी नेपाल पार्टीले कैलाली निर्वाचन क्षेत्र नं २ मा सम्झना विष्ट थापा, क्षेत्र नं ३ मा सुशीला थापामगर र क्षेत्र नं ५ मा राधिकाकुमारी कार्की र डोटी जिल्लाबाट सरस्वतीकुमार पाल मल्ललाई उठाएको छ । आम जनता पार्टीले कैलाली क्षेत्र नं १ मा रुपाकुमारी चौधरी, कञ्चनपुर नं १ मा सीता विक र क्षेत्र नं ३ मा लक्ष्मीकुमारी विष्टलाई प्रत्याशी बनाएको छ ।

नागरिक उन्मुक्ति पार्टी, नेपालले कञ्चनपुर-२ बाट प्रेमवती रानालाई र राष्ट्रिय जनमोर्चाले कैलाली क्षेत्र नं ५ मा शोभामणि जोशीलाई उम्मेदवार बनाएको छ । मञ्जुदेवी सुनार र रुपादेवी विष्ट कञ्चनपुर क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार छिन् । प्रदेशका १६ निर्वाचन क्षेत्रमा पुरुष र महिला गरी २०६ उम्मेदवार छन् । प्रदेशमा सबैभन्दा बढी उम्मेदवार कञ्चनपुर क्षेत्र नं १ मा १९ र क्षेत्र नं २ मा १९ जना छन् । सबैभन्दा कम बझाङमा सात उम्मेदवार छन् ।

विघटित प्रतिनिधि सभाका पाँच सदस्य उम्मेदवार

काँग्रेस नेता एवं विघटित प्रतिनिधि सभा सदस्य एनपी साउद कञ्चनपुर क्षेत्र नं २ बाट पुनः उम्मेदवार बनेका छन् । विघटित प्रतिनिधि सभाका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता दामोदर भण्डारी बैतडीबाट र अर्का नेता तारा लामा तामाङ कञ्चपनपुर क्षेत्र नं १ बाट र काँग्रेस नेता पुष्पकुमार शाही अछाम क्षेत्र नं २ बाट पुनः चुनावी प्रतिस्पर्धामा छन् ।

प्रेमबहादुर आले नेपाली कम्युनिष्ट पार्टीबाट कैलाली क्षेत्र नं ५ मा उम्मेदवार बनेका छन् । आले अघिल्लो निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट डोटीमा उम्मेदवारी बनेर निर्वाचित भएका थिए ।