२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आश्वासन होइन, विकास चाहिएको छ’

अ+ अ-

घोराही (दाङ) । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरु मतदातामाझ विभिन्न आश्वासन बाँडिरहेका छन् ।

मतदाताले भने उम्मेदवारलाई आश्वासनभन्दा विकासका योजनाको ‘ग्यारेन्टी’ गर्न माग गरेका छन् । निर्वाचनका क्रममा आश्वासन दिने तर पछि काम नगर्ने प्रवृत्तिले जनताले बर्सेनि नेतासँग उही माग दोहोर्‍याउनुपर्ने अवस्था रहेको घोराही उपमहानगरपालिका–१८ का सुरेश पुनमगरले बताए । 

“धेरै पटक मतदान गरिसकेँ तर कुनै पनि नेताले आफ्नो वाचाअनुसार काम गरेको देखिँदैन । देशमा भनेजस्तो रोजगार नहुँदा दिनहुँ लाखौँ युवा बिदेसिनु पर्ने बाध्यता छ”, उनले भने, “देशमै कृषि गरौँ भने पनि भनेको बेला सिँचाइ, मल, बीउ नपाउने समस्या छ ।”  

दाङ क्षेत्र नं २ बाट नेपाली काँग्रेसका उम्मेदवार किरण किशोर घिमिरेसमक्ष तुलसीपुर उपमहानगरपालिका–१८ का मतदाता खिमा घर्तीले निर्वाचनका बेला आश्वासन मात्रै होइन, जनतालाई दुःख पर्दा साथ दिने र वास्तविक विकास गर्ने नेताको आवश्यकता रहेको सुनाए । 

घिमिरेसमक्ष त्यहाँका अन्य स्थानीयले पनि विगतमा धेरै आश्वासन सुनिएको तर अपेक्षित विकास हुन नसकेको गुनासो व्यक्त गरे । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकता अझै अधुरै रहेको उनीहरूको भनाइ थियो ।

गुनासो सुनेपछि उम्मेदवार घिमिरेले नागरिकका समस्यालाई गम्भीरतापूर्वक लिएको बताउँदै जनताको आवश्यकताअनुसार विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनीहरूझैँ अधिकांश मतदाताले निर्वाचनका क्रममा उम्मेदवारबाट सडकको स्तरोन्नति, कल्भर्ट निर्माण, सडक कालोपत्र, विद्युत्, सिँचाइको व्यवस्था, कुलो निर्माण, ह्युमपाइप राख्नेलगायतका आश्वासन दिने गरे पनि वाचाअनुसार काम नगर्ने प्रवृत्तिका कारण जनताले दुःख पाउने गरेको गुनासो गर्ने गरेका छन् ।  

दाङ क्षेत्र नं २ बाट उम्मेदवार बनेका नेकपा एमालेका महासचिव शंकर पोख्रेल, नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन आचार्यलगायत उम्मेदवारहरु मतदाता भेट्न घरदैलो कार्यक्रममा छन् ।

दाङ २ मा घोराही उपमहानगरपालिकाका १५, तुलसीपुर उपमहानगरपालिकाका चार वडा र बङ्गलाचुली गाउँपालिकाका आठ वडा रहेका छन् भने हाल थपिएका सात हजार २३६ सहित एक लाख ४० हजार ९४८ मतदाता छन् ।