२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन प्रक्रियाका लागि अनुकूल सुरक्षा अवस्था सुनिश्चित भएको आयोगको निष्कर्ष

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सकिने वातावरण तयार भइसकेको जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रारम्भिक चरणमा देखिएका सुरक्षा सम्बन्धी आशंकाहरू हाल निराकरण भइसकेका छन् र निर्वाचन प्रक्रियामा अवरोध आउने सम्भावना नरहेको निष्कर्षमा आयोग पुगेको छ।

भण्डारीले विगत केही महिनामा विकसित राजनीतिक घटनाक्रमका कारण निर्वाचन सुरक्षाबारे सरोकारवालामा स्वाभाविक चासो रहेको स्मरण गराउँदै ती विषयलाई गम्भीरतापूर्वक सम्बोधन गरिएको बताए।

भदौ २३ र २४ मा भएका जेन जेड आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पद त्याग्नुपरेको र त्यसपछि २७ भदौमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेका हुन्।

उनका अनुसार, आयोगले सम्भावित सुरक्षा चुनौतीहरू पहिचान गरी सरकारसँग निरन्तर समन्वय र छलफल गर्दै आएको छ। राजनीतिक दलका नेतृत्व, उम्मेदवारको सुरक्षा तथा समग्र निर्वाचन वातावरणका विषयमा विभिन्न चरणमा समीक्षा गरिएको उनले जानकारी दिए।

सरकार तथा सुरक्षा निकायका शीर्ष पदाधिकारीहरूसँग भएका नियमित परामर्शका आधारमा हाल मतदाताको सुरक्षाका लागि आवश्यक व्यवस्था पर्याप्त रहेको आयोगको ठहर छ। निर्वाचन प्रक्रियालाई अवरोध गर्ने प्रयासहरू प्रारम्भिक चरणमै नियन्त्रणमा लिइएकाले समग्र अवस्था स्थिर रहेको भण्डारीले बताए।

आयोगले आगामी निर्वाचन निष्पक्ष, सुरक्षित र विश्वसनीय ढंगले सम्पन्न गराउने दायित्व पूरा गर्न सम्बन्धित सबै निकायसँग सहकार्य जारी राख्ने जनाएको छ।