२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एडीबीको दक्षिण एसिया विभाग प्रमुखमा सोना श्रेष्ठ नियुक्त

अ+ अ-

काठमाडौँ। एसियाली विकास बैंक (एडीबी)ले दक्षिण एसिया विभागको नेतृत्व नेपालकी अर्थशास्त्री सोना श्रेष्ठलाई सुम्पिएको छ। उक्त पदमार्फत उनले बाँङ्लादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासम्बन्धी एडीबीका रणनीतिक प्राथमिकता, कार्यक्रम सञ्चालन तथा कार्यान्वयन समन्वयको जिम्मेवारी वहन गर्नेछिन्।

श्रेष्ठ यसअघि सोही विभागमा उपमहानिर्देशकका रूपमा कार्यरत थिइन्। उनी ३ अप्रिल २०२५ देखि उक्त जिम्मेवारीमा रहेकी थिइन्। एडीबीमा हालसम्म उच्च नेतृत्वमा पुग्ने थोरै नेपाली कर्मचारीमध्ये उनी एक हुन् ।

एडीबीभित्र उनले स्वतन्त्र मूल्यांकन विभागमा उपमहानिर्देशक तथा सहायक सचिवलगायतका वरिष्ठ पद सम्हालिसकेकी छन्। यसअघि दक्षिण-पूर्व एसिया क्षेत्रीय विभागमा सार्वजनिक व्यवस्थापन, वित्तीय क्षेत्र र व्यापारसम्बन्धी निर्देशकको भूमिका निर्वाह गर्नुका साथै इन्डोनेसियाका लागि उपदेशीय निर्देशक तथा फिलिपिन्सका लागि प्रिन्सिपल कन्ट्री इकोनोमिस्टको दायित्वसमेत सम्हालेकी थिइन्।

अन्तर्राष्ट्रिय विकास, नीतिगत विश्लेषण, परियोजना कार्यान्वयन तथा मूल्यांकनका क्षेत्रमा करिब २७ वर्षको अनुभव रहेकी श्रेष्ठले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) तथा स्मिथ कलेजबाट अर्थशास्त्र विषयमा स्नातक उपाधि हासिल गरेकी छन्।