२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा आचारसंहिता उल्लंघनका १६ उजुरी

अ+ अ-

दमौली (तनहुँ) । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी यहाँ चुनावी गतिविधि सञ्चालन भइरहेका छन् । जिल्लामा हालसम्म निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी १६ वटा उजुरी परेका हुन् ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आचारसंहिता उल्लंघनका १६ वटा उजुरी परेका बताउँदै त्यसमा सम्बन्धित पक्षसँग मौखिक स्पष्टीकरण लिई आचारसंहिताको कार्यान्वयनका लागि सचेत गराइएको जानकारी दिए। 

तनहुँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार श्रीराम न्यौपानेद्वारा केही सामुदायिक विद्यालयमा वितरण गरिएको डिजिटल स्मार्ट बोर्डमा तस्बिर/संकेत भएका बारेमा उजुरी परेपछि उक्त बोर्डबाट न्यौपानेको फोटो हटाउन लगाइएको प्रजिअ तिवारीले बताए। उनका अनुसार सोबाहेक राजनीतिक दलले भीड प्रदर्शनी गरेको, झण्डा धेरै प्रयोग गरेको, सरकारी कर्मचारी पनि निर्वाचनको प्रचारमा हिडेकोलगायत विषयमा उजुरी परेका छन् ।

उजुरीका बारेमा सम्बन्धित पक्षलाई सचेत गराई आचारसंहिता पालना गर्न अनुरोध गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले उल्लेख गरे। निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उनले जोड दिए।

आचारसंहिता उल्लंघन अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीलाई जिम्मेवारी तोकिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्षको आवश्यक पर्ने भएकाले आचारसंहिता पालना गर्न अनुरोध गरिएको रेग्मीले बताए।

प्रचारप्रसारका क्रममा कानुन र निर्वाचन आचारसंहिताको पालना अनिवार्य गर्नुपर्ने उल्लेख गर्दै रेग्मीले सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सरोकार भएका पक्षलाई मर्यादित व्यवहार गर्न आग्रह गरे । 

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षाका सबै संयन्त्र परिचालन गरिएको छ भने निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरी नियमित अनुगमन भइरहेको छ । कुनै पनि किसिमका आचारसंहिता उल्लंघन, अवाञ्छित गतिविधि वा गुनासो देखिए तत्काल जानकारी गराउन उनले आग्रह गरे । 

तनहुँ क्षेत्र नं १ मा १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा नेपाली काँग्रेसबाट गोविन्द भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट भगवती न्यौपाने, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट विद्यानाथ ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा.स्वर्णिम वाग्ले, नेकपा (माओवादी)बाट ओमविक्रम पन्त, श्रम संस्कृति पार्टीबाट काशीराम गुरुङ, आमजनता पार्टीबाट चिजामाया अधिकारी, स्वतन्त्र उम्मेदवार दीपकराज जोशी, मंगोल अर्गनाइजेसन पार्टीबाट प्रेमबहादुर थापा, उज्यालो नेपाल पार्टीबाट मञ्जिल राना, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर आले, नेपाल मजदुर किसान पार्टीबाट रामलक्ष्मी दुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदत्त जोशी, स्वतन्त्र उम्मेदवार लेखनाथ खनाल, स्वतन्त्र उम्मेदवार सन्देश रानाभाट लौडारी, नेशनल रिपब्लिक नेपालबाट सुमन थापा मगर प्रतिस्पर्धामा छन् । 

तनहुँ क्षेत्र नं २ का निर्वाचन अधिकृत भेषराज पौडेलले यस क्षेत्रमा कुनै उजुरी नपरेको जानकारी दिए। यस क्षेत्रमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। 

नेपाली काँग्रेसबाट शंकर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट केदार सिग्देल, नेपाली कम्युनिष्ट पार्टीबाट सोमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रीराम न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर गोतामे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यमबहादुर ठकुरी, नेपाल जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल अर्गनाइजेशनबाट सुष्मा आले, नेशनल रिपब्लिक नेपालबाट नमबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मण अधिकारी र नेकपा ९माओवादी०बाट गणेशबहादुर लामगादे प्रतिस्पर्धामा छन् । 

निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । जिल्लामा दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् ।