२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

अ+ अ-

दशरथचन्द (बैतडी) । जिल्लामा नसर्ने रोगका जोखिम उच्च भएपछि परीक्षणलाई तीव्र बनाउन थालिएको छ । स्वास्थ्यकर्मीहरू टोलटोलमै परीक्षण थालिएको हो ।

सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले नसर्ने रोगको पहिचानका लागि एकमहिने अभियानअन्तर्गत गाउँपालिकाले टोलटोलमै स्वास्थ्यकर्मी खटाएकोे जानकारी दिए । गाउँपालिकाभरिका आठवटै वडाका ६६ टोलमा स्वास्थ्यकर्मी खटाएर नसर्ने रोगको परीक्षण भइरहेको बताइएको छ ।

उनले भने, “हामीले प्रत्येक टोलमा स्वास्थ्यकर्मीलाई खटाएर नसर्ने रोगको परीक्षण गरिरहेका छौँ । आठवटै वडाका ६६ वटा टोलमा यो अभियान सञ्चालन भइरहेको छ । स्वास्थ्य परीक्षणका क्रममा आवश्यकताअनुसार औषधिसमेत वितरण गरिरहेका छौँ ।”

नसर्ने रोगको पहिचानका लागि एकमहिनेअन्तर्गत स्वास्थ्य संस्थामा ३० वर्षमाथिका नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको उनले बताए । अभियानअन्तर्गत उच्च रक्तचाप, मधुमेह, उचाइ र तौलको अनुपात परीक्षण गर्ने गरिएको छ । अभियानको सिलसिलामा नसर्ने रोग पत्ता लागेका बिरामीलाई थप उपचारको आवश्यकता परेमा अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा रेफर गर्ने गरिएको स्वास्थ्य प्रमुख महराले बताए ।

“परीक्षण गरिएका झन्डै ५० प्रतिशत व्यक्तिमा समस्या देखिने गरेको छ”, उनले भने, “पत्ता लगाई न्यूनीकरण गर्नु राम्रो हुन्छ, त्यसैले ३० वर्षमाथिका सबैको स्वास्थ्य परीक्षण गर्दैछौँ ।” नसर्ने रोगको जोखिमका विषयमा नागरिकलाई जानकारी दिनुका साथै बिरामीलाई उपचारको दायरमा ल्याउन अभियान सञ्चालन गरिएको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए । पालिकाबाट आवश्यक स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीलाई बिरामी खोज्न परिचालन गरिसकिएको उनले जानकारी दिए ।