२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदाता शिक्षाका लागि जुम्लामा स्वयंसेवक परिचालित

अ+ अ-

जुम्ला । जिल्ला निर्वाचन कार्यालय जुम्लाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक परिचालनको तयारी गरेको छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलका अनुसार जिल्लाका आठ स्थानीय तहका ६० वटै वडामा एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवक यही फागुन ३ देखि १७ गतेसम्म कार्यक्षेत्रमा खटिने छन् ।

मतदाता शिक्षा स्वयंसेवकले विशेषगरी निर्वाचन प्रक्रियामा बढीभन्दा बढी मतदाता सहभागी गराउने, मतदान गर्दा ध्यान दिनुपर्ने विधि, प्रक्रियाका बारेमा सिकाउने, बदर हुनसक्ने मत न्यूनीकरण गर्ने, निर्वाचन आचारसंहिताका बारेमा जानकारी गराउने र समग्रमा निर्वाचनलाई उत्सवका रूपमा मनाउने विषयमा मतदातालाई सुसूचित गराउने निर्वाचन आयोगले स्पष्ट गरेको छ । यसैसन्दर्भमा मतदाता शिक्षा अनुगमनकर्ताका लागि अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन भइसकेको छ ।

बालविकास सहजकर्ता, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालिका, मातृस्वास्थ्य कार्यकर्ता तथा सामुदायिक अध्ययन केन्द्रका परिचालकहरू मतदाता स्वयंसेवकका रूपमा परिचालित हुने व्यवस्था गरिएको छ । जिल्लामा ८५ मतदानस्थल र ११० वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि जिल्लामा कुल मतदाता ७१ हजार ७३९ जना रहेका छन् । महिलातर्फ ३४ हजार २८० जना र पुरुषतर्फ ३७ हजार ४५९ जना मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाले स्पष्ट गरेको छ ।