२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन अभियानका लागि प्राविधिक जनशक्ति परिचालन, जिम्मेवारीसहित खटाइए ३९९ इन्जिनियर

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग सम्बद्ध प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन)ले संघीय निर्वाचनलाई लक्षित गर्दै देशभर ३९९ जना इन्जिनियरलाई निर्वाचन क्षेत्र स्तरमा जिम्मेवारी प्रदान गरी परिचालन गरेको जनाएको छ।

संगठनका अनुसार केन्द्रीय समिति बैठकको निर्णय, प्रदेश तहबाट प्राप्त सुझाव तथा समग्र राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर सम्बन्धित प्राविधिक जनशक्ति छनोट गरिएको हो। परिचालित इन्जिनियरहरूलाई निर्वाचन क्षेत्रमा समन्वय, रणनीतिक सहयोग तथा प्राविधिक परामर्श प्रदान गर्ने कार्य तोकिएको छ।

उपलब्ध विवरणअनुसार सबैभन्दा धेरै इन्जिनियर बागमती प्रदेशमा १३४ जना रहेका छन्। संघीय राजधानी तथा केन्द्रीय संरचनाको केन्द्रित उपस्थिति भएका कारण उक्त प्रदेशमा प्राविधिक जनशक्ति बढी देखिएको बताइएको छ। त्यसैगरी लुम्बिनी प्रदेशमा ७०, कोशी प्रदेशमा ६७, गण्डकी प्रदेशमा ४८, मधेश प्रदेशमा ४३ तथा कर्णाली प्रदेशमा ३१ जना इन्जिनियर जिम्मेवारीसहित खटिएका छन्। सबैभन्दा कम संख्या सुदूरपश्चिम प्रदेशमा ६ जना रहेको उल्लेख छ।

प्रदेशगत वितरणमा संघीय संरचनाअनुसार सन्तुलन कायम गर्ने प्रयास गरिएको संगठनको भनाइ छ। प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रका रूपमा हेरिएको कोशी प्रदेशअन्तर्गत झापा-५ क्षेत्रमा चार जना इन्जिनियर प्रत्यक्ष जिम्मेवारीमा रहेको जानकारी दिइएको छ।

संगठनका अध्यक्ष ई. डा. भेषराज थापाका अनुसार परिचालित प्राविधिक जनशक्तिले एमालेद्वारा गठन गरिएका निर्वाचन परिचालन समितिसँग सहकार्य गर्दै घोषणा-पत्र तयारी, प्रचार रणनीति निर्माण, तथ्यांक विश्लेषण तथा सामग्री व्यवस्थापनमा परामर्श दिनेछन्। आवश्यकतानुसार अन्य गतिविधिमा समेत सहकार्य गरिने बताइएको छ।

प्राविधिक जनशक्तिको सक्रिय सहभागिताले निर्वाचन अभियानलाई तथ्यमा आधारित, व्यवस्थित तथा प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा संगठनले व्यक्त गरेको छ। विकास उपलब्धिको प्रस्तुति, पूर्वाधार योजनाको विश्लेषण र डाटा व्यवस्थापनमा समेत इन्जिनियरहरूको भूमिका रहने जनाइएको छ।