काठमाडौँ । प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास भट्ट सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका छन् ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका कार्यालय प्रमुख समेत रहेका भट्ट बागमती प्रदेशको माघ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका हुन् ।
बाग्मती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले भट्टलाई उत्कृष्ट भएको प्रशंसा पत्र प्रदान गरेका छन् ।
अपराध अनुसन्धान र प्रहरी कारबाहीमा उनले प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन् ।






