२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रिनल्याण्डतर्फ अमेरिकी अस्पताल जहाज परिचालन, कूटनीतिक बहस तीव्र

अ+ अ-

काठमाडौँ। संयुक्त राज्य अमेरिकाले ग्रिनल्याण्डमा स्वास्थ्य सेवा सुदृढीकरणका उद्देश्यले एक विशाल अस्पताल जहाज परिचालन गरिएको जनाएको छ। डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत उक्त जानकारी सार्वजनिक गर्दै ग्रिनल्याण्डका केही बासिन्दा स्वास्थ्य समस्याबाट प्रभावित भएको र आवश्यक उपचारमा पहुँच सीमित रहेको उल्लेख गरेका छन्।

अमेरिकी पक्षले यसलाई मानवीय सहयोगको पहलका रूपमा व्याख्या गरे पनि यो निर्णयले ग्रिनल्याण्डको प्रशासनिक जिम्मेवारी सम्हालिरहेको डेनमार्कसँगको कूटनीतिक सम्बन्धमा थप चासो र बहस उत्पन्न गरेको छ। जहाज परिचालनसम्बन्धी निर्णय लुजियानाका गभर्नर तथा ग्रिनल्याण्डका लागि तोकिएका अमेरिकी विशेष दूत जेफ ल्यान्ड्रीसँगको सँगको समन्वयमा अघि बढाइएको जनाइएको छ।

राष्ट्रपति ट्रम्पले सन् २०२५ को अन्त्यतिरदेखि ग्रिनल्याण्डलाई अमेरिकामा समावेश गर्ने अभिप्राय सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्। यस सन्दर्भमा उनले आवश्यक परे डेनमार्कमाथि उच्च भन्सार शुल्क लगाउने चेतावनीसमेत दिएका थिए। तर डेनमार्क र ग्रिनल्याण्डका आधिकारिक निकायहरूले उक्त प्रस्ताव अस्वीकार गर्दै ग्रिनल्याण्ड बिक्रीका लागि उपलब्ध नभएको स्पष्ट पार्दै आएका छन्।