२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक सेवा प्रभावकारितामा कमजोरी हुँदा वैदेशिक पलायन बढेको मन्त्री कुमार इङ्नामको धारणा

अ+ अ-

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम ले सरकारी सेवा प्रणाली अपेक्षाअनुसार प्रभावकारी हुन नसक्दा नेपाली नागरिक विदेशिन बाध्य भइरहेको बताएका छन्।

काठमाडौँ महानगरपालिका ले आयोजना गरेको कार्यक्रममा उनले राज्यका सेवा प्रदायक निकायप्रतिको विश्वास कमजोर बन्दै जाँदा अवसरको खोजीमा युवाशक्ति बाहिरिने क्रम बढेको उल्लेख गरे।

उनका अनुसार भूमि प्रशासन, मालपोत तथा नापी कार्यालयहरू आम नागरिकको प्रत्यक्ष सरोकारसँग सम्बन्धित संवेदनशील क्षेत्र हुन्। ती कार्यालयहरूमा पारदर्शिता, सुशासन र जवाफदेहिताको अभाव देखिँदा सेवाग्राही निराश हुने अवस्था सिर्जना भएको उनले औँल्याए। अनियमित लेनदेन जस्ता प्रवृत्तिले सार्वजनिक प्रशासनप्रति नकारात्मक धारणा विकास गरिरहेको उनको भनाइ थियो।

मन्त्री इङ्नामले सम्बन्धित निकायहरूमा संस्थागत सुधार र सुशासन सुनिश्चित गर्न आवश्यक रहेको बताए। सुधार प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके सकारात्मक सन्देश जाने र राजस्व संकलनमा उल्लेखनीय वृद्धि सम्भव हुने उनले धारणा व्यक्त गरे।

उनले मन्त्रालयले हालै जारी गरेको परिपत्रको प्रभावबारे उल्लेख गर्दै त्यसबाट करिब ५० अर्ब रुपैयाँसम्म राजस्वमा फरक पर्ने अनुमान गरिएको जानकारी दिए।