२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनमा बालबालिका प्रयोग नगर्न र शान्ति सुरक्षा मजबुत बनाउन आयोगको निर्देशन

अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रिय मानव अधिकार आयोगले देशको सुरक्षा अवस्था र निर्वाचन आचारसंहिता उल्लंघनका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचनपूर्वक अनुगमनलाई देशैभर तीव्र पारिएको जानकारी दिएका हुन्। 

पछिल्लो समय दाङ, रौतहट र पर्सा लगायतका जिल्लाहरूमा राजनीतिक दलका कार्यकर्ता र विभिन्न समूहबिच भएका विवादका कारण निषेधाज्ञा समेत जारी गर्नुपर्ने अवस्था आउनुले शान्ति सुरक्षामा ठूलो चुनौती थपिएको आयोगको ठहर छ। आयोगले राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले एकअर्काप्रति लक्षित गर्ने अमर्यादित र घृणायुक्त अभिव्यक्तिले निर्वाचनको वातावरण बिथोल्न सक्ने चेतावनी दिएको छ। यस्ता अभिव्यक्तिले सामाजिक र सांस्कृतिक सद्भावमा समेत खलल पुर्‍याउने भन्दै सबै पक्षलाई धैर्यता र संयमता अपनाउन आग्रह गरिएको छ। 

विशेषगरी निर्वाचन प्रचारप्रसार र राजनीतिक गतिविधिमा प्रत्यक्ष वा परोक्ष रूपमा बालबालिकाको प्रयोग भइरहेको भेटिएको भन्दै आयोगले यसलाई तत्काल रोक्न निर्देशन दिएको छ। सामाजिक सञ्जालमा हुने प्रचार सामाग्रीमा बालबालिकालाई संलग्न गराउनु आचारसंहिताको गम्भीर उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री बनाउन राजनीतिक दल, नागरिक समाज, विद्यालय र अभिभावकको समेत उत्तिकै जिम्मेवारी रहने आयोगले स्पष्ट पारेको छ। सरकार र सम्बद्ध सबै पक्षलाई सम्बोधन गर्दै आयोगले शान्ति सुरक्षामा प्रभाव पार्ने गतिविधि बन्द गर्न र नागरिकको मानव अधिकारको सम्मान गर्न भनेको छ।