२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता

अ+ अ-

काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४८१ अस्थायी मतदाता कायम भएका छन् । 

निर्वाचन आयोगले उक्त निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि-२०८२’ अनुसार जिल्लाबाट मतदाताको नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार निर्माण भएको कार्यविधिअनुसार काभ्रेपलाञ्चोकमा उक्त सङ्ख्यामा अस्थायी मतदाता नामावली संकलित गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए। उनका अनुसार संघीय र प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संघसंस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम अस्थायी मतदाता नामावलीमा समावेश भएका छन् ।

साथै जेष्ठ नागरिक आश्रमलगायत स्थानमा रहेका नागरिक पनि अस्थायी मतदाताका रूपमा समावेश गराइएको शिवाकोटीले बताए। अस्थायी मतदानका लागि मतदानस्थलमा खटिएका प्रहरी, कर्मचारीले सोही स्थानमा मतदान गर्न सक्ने जनाइएको छ । यस्तै कैदीबन्दीले जिल्ला कारागार कार्यालय धुलिखेलमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान गर्न सक्नेछन् ।

जिल्लामा कूल तीन लाख २६ हजार ६११ मतदाता छन् । जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कूल ४०० मतदान केन्द्र र १८९ मतदानस्थल कायम गरिएका छन् ।

यसैबीच जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीले यहाँका १३ वटै स्थानीय तह लक्षित प्राथमिक उपचार टोली सञ्चालन गर्ने जनाएका छन् । यसका लागि रेडक्रस जिल्ला शाखाले प्राथमिक उपचार सेवा अभिमुखीकरण कार्यक्रम गरी सबै पालिकामा प्राथमिक उपचार टोली पठाउने तयारी गरेको जनाएको छ । यहाँका १३ पालिकामध्ये छ समूह विभाजन गरी विभिन्न छ वटा प्राथमिक उपचार टोली गठन गरिएको रेडक्रसका मन्त्री राजु सिग्देलले जानकारी दिए।  

सिग्देलका अनुसार जोखिमयुक्त मतदान केन्द्र पहिचान गरी सोहीअनुसार टोली परिचालन गरिनेछ । जिल्लास्थित प्रशासन, सुरक्षाकर्मी तथा स्थानीय स्वास्थ्य केन्द्रसँगको समन्वयमा टोली परिचालन हुने उनले बताए। जिल्लाभर परिचालित छ टोलीमा ५१ जना सदस्य रहने र ती टोलीले मतदाताका लागि आवश्यक प्राथमिक उपचार सेवा र एम्बुलेन्स सेवा प्रदान गर्नेछन् ।