२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सामा एक हजार ९० अस्थायी मतदाता

अ+ अ-

वीरगञ्ज (पर्सा) । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या एक हजार ९० जना रहेका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पर्सामा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख अनामिका रौनियारले पर्सामा सरकारी कर्मचारी तथा कारागारका कैदीबन्दी, सुरक्षा निकाय लगायतका एक हजार ९० जना अस्थायी मतदाताले प्रतिनधि सभाको समानुपातिकतर्फको मतदान गर्न पाउने बताए । ‘‘निर्वाचनको लागि मतदान केन्द्रमा खटिएका कर्मचारीले आफू खटिएको ठाउँमा नै मतदान गर्न पाउने व्यवस्था गरेका छौँ,’’ उनले भने,‘‘अन्य मतदाताको हकमा भने वीरगञ्ज कारागार र जिल्ला हुलाक कार्यालय पर्साको प्राङगणमा मतदान गर्ने व्यवस्था मिलाएका छौँ ।’’ वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले वीरगञ्ज कारागारमा रहेका ३५ जना कैदीबन्दी मतदानमा सहभागी हुने जानकारी दिए ।

‘‘मतदाता नामावलीमा नाम समावेश गरेका ३५ जना कैदीबन्दी समानुपतिकतर्फको निर्वाचनमा मतदान गर्दै छन,’’ उनले भने,‘‘कैदीबन्दीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था अनुसार कारागारमा नै अस्थायी मतदान केन्द्र तोकेर मतदानको व्यवस्था मिलाइएको छ ।’’

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पर्सामा भयरहित निर्वाचनको लागि आवश्यक वातावरण तयार पारेको जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले पर्सामा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा गर्ने गरी आवश्यक तयारी गरेको बताए ।

जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा १०७ जना उम्मेदवार रहेका छन् । जसमध्ये ४६ जना उम्मेदवार स्वतन्त्र रहेका छन् । स्वतन्त्र उम्मेदवारमध्ये पनि सात जना महिला र ३९ जना पुरुष उम्मेदवार रहेका छन् । त्यस्तै राजनीतिक दलको तर्फबाट ६१ जना उम्मेदवार रहेका छन् । यसमध्ये पाँच जना महिला उम्मेदवार र ५६ जना पुरुष उम्मेदवार छन् ।