काठमाडौँ । संयुक्त अधिराज्य बेलायतले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनपछि गठन हुने सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।
काठमाडौँस्थित बेलायती राजदूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा मार्च ५ (फागुन २१) को निर्वाचनपछि स्थापना हुने सरकारले अगाडि बढाउने नीति तथा कार्यक्रममा सहयोग गर्न तत्परता रहेको स्पष्ट गरिएको छ।







