२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन सुरक्षाको प्राविधिक तयारीबारे गृहमन्त्रीको स्थलगत अनुगमन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थापनलाई लक्षित गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित केन्द्रीय निर्वाचन समन्वय कक्ष तथा कमाण्ड सेन्टरको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले त्यहाँ कार्यरत प्रहरी अधिकृत तथा कर्मचारीसँग अन्तरक्रिया गर्दै सुरक्षा तयारी र प्रविधि प्रयोगको अवस्थाबारे जानकारी लिएका हुन्।

अनुगमनका क्रममा केन्द्रीय प्रणाली मार्फत जिल्ला स्तरसम्म सञ्चालनमा रहेका निर्वाचनसम्बन्धी गतिविधि, जनशक्ति परिचालन तथा समन्वय प्रक्रियाबारे प्रस्तुति गरिएको थियो। मन्त्री ओमप्रकाश अर्यालले आसन्न निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई अझ सक्रिय र परिणाममुखी ढङ्गले परिचालन गर्न निर्देशन दिएका छन्। सम्भावित जोखिम न्यूनीकरणका लागि अन्य सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग प्रभावकारी समन्वय कायम गर्न उनले जोड दिएका छन्।

कार्यक्रममा नेपाली सेनाका रथी प्रदीपजंग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

निर्वाचन सुरक्षा व्यवस्थापनलाई प्रविधिमैत्री, छरितो र एकीकृत बनाउन प्रहरीले ‘इलेक्सन म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (ईएमआईएस)’ कार्यान्वयनमा ल्याएको छ। उक्त प्रणालीमार्फत प्रदेशदेखि स्थानीय तहसम्म खटिएका प्रहरी जनशक्तिको अवस्थिति तथा परिचालनको दृश्य विवरण हेर्न सकिने व्यवस्था गरिएको छ। साथै निर्वाचनसम्बन्धी गतिविधिको अभिलेखीकरण, प्रतिवेदन तयारी र अनलाइन कम्प्युटराइज्ड व्यवस्थामार्फत कार्य सञ्चालन भइरहेको जनाइएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार प्रविधिमा आधारित सुरक्षा रणनीतिअन्तर्गत प्रधान कार्यालयस्थित कमाण्ड सेन्टरबाट देशभरका मतदानस्थलको अवस्थाको निगरानी गर्न सकिने र आवश्यक निर्देशन तत्काल जारी गर्न सकिने व्यवस्था मिलाइएको छ। यसले सुरक्षा प्रत्युत्तरलाई द्रुत र समन्वयात्मक बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यसै सन्दर्भमा एआई सुविधायुक्त सात सय छयासी थान सिसिटिभि क्यामेरा जडान गरी प्रत्यक्ष निगरानीको दायरा विस्तार गरिएको छ। तीमध्ये सातवटा सीमा नाकामा बाइस, काठमाडौँ उपत्यकाका प्रमुख चेकपोइन्ट तथा चोक क्षेत्रमा सात सय र उपत्यका बाहिर विराटनगर तथा वीरगंजमा चौसट्ठी क्यामेरा सञ्चालनमा रहेका छन्। क्यामेरामा अनुहार पहिचान, सवारी साधनको नम्बर प्लेट पहिचान, व्यवहार विश्लेषण तथा स्मार्ट कृत्रिम बौद्धिकता सम्बन्धी विशेषता समावेश गरिएको छ।

संवेदनशील मतदान केन्द्रहरूमा ‘रियल टाइम भिडियो सर्भिलान्स क्यामेरा’ सहितको रेडियो सेट उपलब्ध गराइएको छ, जसबाट मतदानस्थलको गतिविधि प्रत्यक्ष रूपमा कमाण्ड सेन्टरसम्म पुग्नेछ। सबै मतदान केन्द्रमा सञ्चार सम्पर्क सुनिश्चित हुने गरी आवश्यक उपकरण व्यवस्थापन गरिएको जनाइएको छ। आवश्यकता अनुसार मतदान स्थल वरपरको अवस्थाको अनुगमनका लागि ड्रोन प्रविधिको प्रयोगसमेत गरिने तयारी छ।

यसका अतिरिक्त, नक्सालस्थित ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एड्भान्स एनालिटिक्स सेल’ मार्फत सामाजिक सञ्जालमा फैलाइने गलत सूचना तथा मिथ्या सूचना नियन्त्रणका लागि निगरानी कार्य सुदृढ बनाइएको छ। सो इकाइको समन्वयमा उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरूमा खटिएका साइबर प्रहरीमार्फत विधि विपरीत सामग्री प्रकाशन गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।