२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रारम्भिक मतगणनामा धेरै क्षेत्रमा रास्वपा अग्रता, केही क्षेत्रमा कांग्रेस-एमाले अगाडि

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको प्रारम्भिक नतिजामा अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन् भने केही क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार पनि अघि देखिएका छन्।

प्राप्त पछिल्लो विवरणअनुसार चितवन–३ मा रास्वपाकी सोविता गौतम ९२५ मतसहित अग्रस्थानमा छिन्। उनलाई नेकपाकी रेणु दाहालले ६७९ मतसहित पछ्याइरहेकी छन्। यसै क्षेत्रमा एमालेका शंकरराज थपलियाले २०२, कांग्रेसका टेकप्रसाद गुरुङले १२९ र राप्रपाका दीपक थापा मगरले २२ मत प्राप्त गरेका छन्।

रुपन्देही–३ मा पनि रास्वपाले प्रारम्भिक गणनामै फराकिलो अग्रता बनाएको छ। यहाँ रास्वपाका डा। लेखजंग थापा १,३७७ मतसहित पहिलो स्थानमा छन्। कांग्रेसका सुशिल गुरुङले २४९, राप्रपाका गौरव बोहराले २४८ र एमालेका बासुदेव घिमिरेले १९२ मत प्राप्त गरेका छन्।

ललितपुर–१ मा भने नेपाली कांग्रेसका उदयशमशेर जबरा ५२२ मतसहित अग्रस्थानमा छन्। उनलाई एमालेका चेतनाथ सञ्जेलले २६९ मतसहित पछ्याइरहेका छन्। रास्वपाका बुद्धरत्न महर्जनले १२२ मत ल्याएका छन् भने अन्य उम्मेदवारको मत न्यून देखिएको छ।

काठमाडौं–३ मा प्रारम्भिक अग्रता परिवर्तन भएको छ। यसअघि अघि रहेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई रास्वपाका राजु पाण्डेले उछिनेका छन्। पछिल्लो मतपरिणामअनुसार पाण्डेले २,९६० मत प्राप्त गर्दा घिसिङले २,७०६ मत पाएका छन्। कांग्रेसका रमेश अर्याल र एमालेका रामेश्वर फुयाँल क्रमश: ५८३ र ४५६ मतसहित पछाडि छन्।

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलले एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रारम्भिक गणनामै ठूलो मतान्तरले पछि पारेका छन्। खरेलले ४,०७४ मत प्राप्त गर्दा पौडेलले ८४५ मत पाएका छन्। कांग्रेसका चुन्नप्रसाद शर्मा ५०४ मतसहित तेस्रो स्थानमा छन्।

यसैगरी कास्की–३ मा रास्वपाकी बिना गुरुङ ४८२ मतसहित अग्रस्थानमा छिन्। कांग्रेसका मनोज गुरुङले २८० मत पाएका छन् भने एमालेका दामोदर पौडेल ‘बैरागी’ ११९ मतसहित तेस्रो स्थानमा छन्।

कास्की–१ मा पनि रास्वपाका खड्कराज पौडेल ९गणेश पौडेल० ८६६ मतसहित अगाडि छन्। उनलाई कांग्रेसका तिलकबहादुर रानाभाटले ४७५ मतसहित पछ्याइरहेका छन् भने एमालेका बैनबहादुर क्षेत्रीले ३०७ मत पाएका छन्।

उता चितवन–२ मा भने प्रारम्भिक गणनामा एमालेका अस्मिन घिमिरे ३२५ मतसहित अगाडि छन्। रास्वपाका सभापति रवि लामिछानेले २११ मत पाएका छन्। कांग्रेसकी मिना खरेलले १४५ र नेकपाका प्रताप गुरुङले १६१ मत प्राप्त गरेका छन्।

त्यसैगरी काठमाडौं–२ मा रास्वपाका सुनिल केसी ४२४ मतसहित अग्रस्थानमा छन्। एमालेका मणिराम फूयाँलले २३६ मतसहित दोस्रो स्थान ओगटेका छन् भने कांग्रेसका कविर शर्माले १८९ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका अनुसार देशका विभिन्न स्थानमा मतगणना जारी रहेको र प्रारम्भिक परिणामहरू क्रमश: सार्वजनिक भइरहेका छन्। अन्तिम नतिजा आउन भने अझ समय लाग्ने आयोगले जनाएको छ।