२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बच्चा काखमै राखेर जिम्मेवारी निर्वाह गरेका दुई महिला मतदान अधिकृतको उदाहरणीय समर्पण

अ+ अ-

काठमाडौँ । देशभर मतदाताको उत्साहपूर्ण सहभागिताबीच बिहीबार मतदानका क्रममा दुई महिला कर्मचारीहरूले बच्चा काखमा बोकेरै मतदान अधिकृतको जिम्मेवारी निर्वाह गर्दै उदाहरणीय समर्पण देखाएका छन्।

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासकी शाखा अधिकृत अमृता केसीले आफ्नी ६ महिनाकी छोरी काखमा राखेर नेपालगन्ज-६ स्थित हडिया बाबा मतदान केन्द्र (क) मा मतदान अधिकृतको जिम्मेवारी सम्हालिन्।

मतदान केन्द्रमा आउने मतदाताको भीडबीच अमृताले कहिले छोरीलाई काखमा सम्हाल्दै त कहिले सहकर्मीको सहयोग लिँदै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकी थिइन्। उनी भन्छिन्, “देश र जनताको भविष्य निर्धारण गर्ने यो महत्त्वपूर्ण घडीमा आफ्नो जिम्मेवारी पूरा गर्न पाउँदा गर्व लागेको छ।”

यस्तै दृश्य बाराको फेटा गाउँपालिका अन्तर्गत नेरा आधारभूत विद्यालय बन्जरिया पसौनी मतदान केन्द्र (क) मा पनि देखियो। यहाँ कार्यरत कर्मचारी रेश्मा खातुनले पनि ५ महिनाको छोरा काखमा बोकेरै मतदान अधिकृतको जिम्मेवारी निभाइन्।

आफ्नो बच्चालाई काखमै राखेर पनि उनी दिनभर मतदान प्रक्रियामा व्यस्त देखिन्थिन्। रेश्मा भन्छिन्, “यो देश र जनताको भविष्यसँग जोडिएको महत्त्वपूर्ण जिम्मेवारी हो। बच्चालाई काखमै राखेर भए पनि आफ्नो कर्तव्य पूरा गर्न पाउँदा गर्व लागेको छ।”

मतदान केन्द्रमा उपस्थित मतदाता र कर्मचारीले उनीहरूको समर्पण र जिम्मेवारीप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका थिए। देशको लोकतान्त्रिक प्रक्रियामा सक्रिय भूमिका निभाउँदै आमा र कर्मचारी दुवै जिम्मेवारीलाई सँगसँगै सम्हाल्ने यी महिलाको कथा धेरैका लागि प्रेरणादायी बनेको छ।