भोजपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरको पछिल्लो परिणामअनुसार भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले १४ हजार २४१ मत प्राप्त गरी अग्रता लिएका छन् ।
यसैगरी, नेकपा (एमाले)का उम्मेदवार शेरधन राईले १२ हजार ३२२ मत प्राप्त गरी श्रम संस्कृतिका उम्मेदवारलाई पछ्याउँदै छन् भने आठ हजार २०९ मत प्राप्त गरी नेपाली काँग्रेसका बालकृष्ण थापा तेस्रो स्थानमा रहेको निर्वाचन अधिकृत डिकेन्द्र सुवेदीले जानकारी दिएका छन् ।
सो निर्वाचन क्षेत्रमा कूल एक लाख २५ हजार ७६६ मतदाता भएकामा ५८ हजार १६७ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका जम्मा १२ जना प्रत्यासी छन् ।







